काठमाडौं । प्रधानमन्त्री खड्ग प्रशाद शर्मा ओली सुदूरपश्चिम आउने भएका छन् । उनले फागुन ८ गते प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यस अघि सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले उनलाई आमन्त्रण पत्र दिएका थिए ।
फागुन ८ मै उनले पार्टीको कार्यक्रमलाई समेत सम्बोधन गर्नेछन् । उक्त कार्यक्रममा नेकपाका अर्का अध्यक्ष प्रचण्डले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी श्रोतले जनाएको छ
यसअघि कसलाई कहिले बोलाउने भन्ने विषयलाई लिएर प्रदेशको पार्टी बैठकमा विवाद सिर्जना भएको थियो ।