नोेबेल शान्ति पुरस्कारका लागि ट्रम्पकोे नाम सिफारिस

आजभोलि

जापान । नोबेल शान्ति पुरस्कार २०१८ का लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकोे नाम सिफारिस गरिएको संचार माध्यमले जनाएका छन । एक जापानी पत्रिकाका अनुसार जापानी प्रधानमन्त्री सिन्जो आवेले उनको नाम मनोनयन गरेको दाबी गरेको छ ।

उनको नाम गत बर्षको जुन महिनामा उत्तर कोरियाली नेता किम जोङ–उनसँगको महत्वपूर्ण शिखर सम्मेलन गरेपछि ट्रम्पको नाम मनोनयन गर्न सम्भावना भएको वासिङ्टनले भनेको एक जापानी सरकारी स्रोतले जानकारी दिएको जापानी पत्रिका आसाही शिम्वुनले लेखेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले गत शुक्रबार आफ्नो नाम शान्ति पुरस्कारका लागि जापानी प्रधानमन्त्री आबेले मनोनयन गरेको बताएपछि उक्त रिपोर्ट बाहिर आएको हो ।

आबेले नोबेल शान्ति पुरस्कार समितिलाई पठाएको पाँच पाना लामो पत्रको प्रतिलिपी आफूलाई पठाएको अमेरिकी राष्ट्रपति ट्रम्पले बताएका छन् ।

ट्रम्पलाई जापानी नेताले पत्रमा ‘मैले तपाईलाई नोबेल शान्ति पुरस्कार दिनका लागि अनुरोध गरेको छु भनी भनेको र आफूले उहाँलाई धन्यवाद दिएको जनाए ।

  • ५ फाल्गुन २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !