कश्मीर । भारतबाट पाकिस्तान बग्ने ३ नदी भारत चित्रै थुन्ने भएको छ । भारतीय सरकारका जल संशाधनमन्त्री तथा भारतीय जनता पार्टीका पूर्व अध्यक्ष नितिन गडकरीले ट्वीट मार्फत यो जानकारी दिएका हुन् ।
उनका अनुसार भारतबाट बग्ने ३ नदि रोकेर जम्मु कश्मीर तथा पंजाबतिर मोड्ने जानकारी दिएका छन् । गत फेब्रुवरीमा १४ तारिक पुलवामा जैश-ए-मोहम्मदले आक्रमण गर्दा ४६ जना सैनिकको मृत्यु भएको छ । त्यसपघिका घटनामा लगभग एक दर्ज भारतीय सेनाको मृत्यु भइसकेको छ ।
मन्त्री गडकरीले भने, यो दिर्घकालिन योजना अन्तरगत हो । यसको सिन्धु नदीसँगै कुनै सरोकार नभएको जनाइएको छ । उनले यो पनि दाबी गरे की पालुवामा घटनासँग नदी रोक्ने निर्णयको कुनै तालमेल नभएको मेत बताए ।
मन्त्री गडकरीका अनुसार रावी, सतलज तथा ब्यास नदीको पानी ड्याम बनाएर रोक्ने जानकारी दिए । शाहपुर काँडी ड्याम निर्माण पालुवामा घटना भन्दा पहिलेदेखि नै शुरु भइसकेको थियो । अरु बाँकी २ ड्यामको लागि क्याबिनेटबाट चाडै निर्णय हुने जनाए ।
यसलाई भारतीय मडियाले ुपानी का सर्जिकल स्ट्राइकु भनेर उल्लेख गर्दै आइरहेका छन् ।
भारत पानी रोकेर पाकिस्तानमाथि दबाब बढाउन चाहन्छ । यस कार्यबाट पाकिस्तान झन क्रुद्ध हुने जनाइएको छ । यस निर्णयले भारत पाकिस्तानको तानबलाई अझ बढवा दिनेछ ।
Photo: Ravi River In India