नख्खु बम बिस्फोटमा परी एक जनाको मृत्यु

आजभोलि

नख्खु बम बिस्फोटमा परी एक जनाको मृत्यु

काठमाडौं। ललितपुरमा रहेको एनसेलको टावरमा लक्षित गरी गराइएको बम विष्फोटमा परी एकजनाको मृत्यु भएको छ । ललितपुरको नख्खु चोकनजिक रहेको एनसेलको टावरमा शुक्रबार राति अज्ञात समूहले बम विष्फोट गराउँदा तीन जना घाइते भएकामध्ये सिंहप्रसाद गुरुङको मृत्यु भएको छ ।

बम विष्फोटमा घाइते प्रतिक्षा खड्कालाई अल्का अस्पताल जावलाखेल, आयुषा मानन्धरलाई बिएण्डबी अस्पताल र सिंहप्रसाद गुरुङलाई मेडिसिटी अस्पताल नख्खुमा उपचारका लागि लगिएको थियो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले गम्भीर घाइते गुरुङको उपचारका क्रममा मृत्यु भएको जानकारी दिनुभयो । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Photo: Annapurnapost

  • ११ फाल्गुन २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !