एजेन्सी । भारतले मंगलवार पाकिस्तानमाथि आक्रमण गरेको खबर भारतीय संचार माध्यमले जनाएका छन् । बीबीसीका अनुसार जैश-ए-मोहम्मद को तालिम केन्द्र रहेको भन्दै भारत पाक सिमाना नजिक पाकिस्तानको केपी प्रान्तमा आक्रमण गरेको जनाइएको छ ।
आधिकारिक श्रोतका अनुसार भारतीय लडाकू विमानद्वारा बालाकोटमा बम बर्षा गरेको जनाइएको छ । भारतले जनाए अनुसार उक्त स्थानमा जै-ए-मोहम्मद को क्याम्प ध्वस्त गरेको जनाएको छ ।
पछिल्लो जनाकारी अनुसार पाकिस्तनाको बालाकोटमाको स्थानमा हमाला गरेको जनाईएको छ । बालाकोटा जम्मु काश्मिरको सिमाना रहेको समेत जनाइएको छ । पाकिस्तानको मानाशेरा जिल्लामा रहेको बालाकोट आक्रमण भएपनि अरु लडाकू विमानले कहाँ बमबारी गरेको जनाइएको छैन् ।
भारतीय विदेश मन्त्रालयलका एक अधिकारीले दिएका जनाकारी अनुसार यस आक्रमणमा जैश-ए-मोहम्मदका लडाकूको मृत्यु भएको जनाइएको छ । कारबाहीमा उच्च कमाण्डर, र जिहाडी समूहका सदस्य समेत मारिएको जनाएको छ । भारतमाथि आक्रमणको तयारी गरिरहेको सूचनाको आधारमा उक्त क्याम्पमाथि हमला गरेको जनाइएको छ ।
पाकिस्तान सेनाका प्रवक्ताका अनुसार भारतीय लडाकू विमान सिामाना रेखा पार गरेर मुज़फ़्फ़राबाद सेक्टरमा हमाला गरेको जनाइएको छ । तर पाकिस्तानको आधिकारिक धारण भने आएको छैन् ।
भारतले हमला गरेको ठाउँ जाबा टाप रहेको पाकिस्तानी संचार माध्यमले जनाएका छन् । । उक्त क्षेत्रमा हिज़्बुल मुजाहिदीन जाबा मा ट्रेनिंग क्याम्प चलाइरहेको जनाइएको छ ।
स्थानीय बासिन्दाका अनुसार जाबा, गढी, हबीबुल्लाह र बालाकोटमा बिहान लगभग त्नि चार बजेको बीचमा आक्रमण भएको जनाइएको छ । उक्त समयमा ठूलो आवाज सुनेको जनाइएका छन् । मानवीय क्षतिको बारेमा एकिन जानकारी नआएको जनाइएको छ । उक्त स्थानमा पाकस्तिानी सुरक्षा निकायले स्थानीय सुरक्षित स्थानमा जान भनिरहेको जनाएका छन् ।