काठमाडौं । टिकापुरकाण्डका मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला गरेको छ । जिल्ला अदालत कैलालीले चौधरीलाई जन्मकैदको फैसला सुनाइएको हो ।
न्यायधिश परशुराम भट्टराईले चौधरु सहित ११ जनालाई दोषी ठहर गरेको हो । तर लक्ष्मण थारुलाईलाइ भने ३ वर्षको मात्र फैसला सुनाइएको छ ।
२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा भएको हिंसात्मक घटनामा एसएसपी सहिता ८ जनाको मृत्यु भएको थियो । घटना लगत्तै चौधरी फरार भएका थिए । उनी पछिल्लो संघीय निर्वाचनमा कैलाली १ बाट संसदमा निर्वाचित भएका थिए ।
उनले २०७४ फागुन १४ गते जिल्ला अदालतसामु आत्मसर्मण गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा सभामुख कृष्ण बहादुर महराले २०७५ पुष १९ गते संघीय संसदका्े सपथ समेत लिए थिए ।
उनीसहित जिल्ला अदालतले चौधरीसँगै हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, वृजमोहन डगौरा, रनजेश चौधरी, वीरबहादुर चौधरी, प्रदिप चौधरी, विद्रोह भन्ने सीताराम चौधरी, श्रवण चौधरी र गंगारमक डगौरा चौधरीलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ (३०) अनुसार जन्दकैलको सजाय सुनाएको हो । उनीहरु मध्ये श्रवण नावालक भएकाले बालबालिकासम्बन्धी ऐन २०४८ को दफा ११ ९३० अनुसार १० वर्ष मात्र कैद हुनेछ ।
लक्षणसँगै तीन वर्ष कैद हुनेमा लाहुराम चौधरी, रामकुमार कठरिया, सन्तराम चौधरी, विश्राम भन्ने जीतबहादुर डगौरा, प्रेमबहादुर चौधरी, किशानलाल चौधरी, दिलबहादुर चौधरी, संगम भन्ने सन्तोष थारु चौधरी, विश्राम चौधरी, चुन्कीराम चौधरी र रामप्रसाद चौधरी रहेका छन् ।