काठमाडौं । टिकापुरकाण्डका मुख्य योजनाकार रेशम चौधरीलाई अदालतले जन्मकैद सुनाएकै दिन राजपाले सरकारको समर्थन फिर्ता लिएको छ । विगत एक बर्षदेखि सरकारलाई समर्थन दिएको राजपाले सरकारको कार्यशैलीप्रति असन्तुष्ट देखाउँदै आफू बाहिरिएको विज्ञेप्ति मार्फत जनाइएको छ ।
राजपाबाट कैलाली १ बाट निर्वाचित चोधरीलाई जन्मकैदको फैसला सुनाएपछि उसले सरकारप्रतिको धारणा सार्वजनिक गरेको हो । उसले एक बर्षेदेखि सरकारमा कुनै सहभागी नभएर नैतिक समर्थनमात्र दिदै आइरहेको थियो ।
एक वर्षमा प्रधानमन्त्री केपी ओलीलाई उुले ५ पटक भेटेर संविधान संशोधन लगायतका मागहरु राख्दै आइरहेको थियो । भेटसँगै बारम्बार सरकारको समर्थन फिर्ता लिने धम्की दिएपनि सरकारलाई सहयोग गर्दै आइरहेको थियो ।
बुधबार अध्यक्ष मण्डलको बैठकपछि संयोजक महेन्द्र राय यादवद्वारा जारी विज्ञप्तिमा सरकारमाथि विभिन्न आरोप लगाइएको छ। संविधान संशोधनदेखि बेरोजगारी बढेकासम्मका विषय विज्ञप्तिमा छन्।
उसले वक्तव्यमा सरकारको प्रशासन असफल भएको, निर्मला पन्त लगायतका बलात्कारका घटनाका दोषी माथि कारबाही नगरेको आरोप लगाएको छ । सँगै उसले घुमाउरो ढंगले सरकारले चीनसँग एक तफी परराष्ट्र नीति अपनाएको आरोप समेत लगाएको छ ।
उसले सरकारका कामकारबाहीप्रति असन्तुष्टी देखाए पनि मूल कुरा रेशम चौधरीको विषय नै रहेको छ । राजपाकै नेताहरुको दबाबमा प्रधानमन्त्री ओलीले जेलमै चौधरीलाई सपथ खुवाउन लगाएका थिए ।
मधेशका मुद्दामा सिथिल देखिएको राजपाले एकाएक बिद्रोहको चेतावनी दिएको छ । संयोजक मण्डलका अध्यक्ष राजेन्द्र महतोले बिद्रोह गर्ने धम्की दिएका छन । उनले आक्रोसयुक्त भाषामा नेकपाका अध्यक्षद्वय प्रचण्ड र केपी ओलीलाई पनि जेल हाल्नु पर्ने बताएका छन् । तर राजपाले अहिलकै अवस्थामा बिद्रोह गरिहाल्ला भन्नेमा आशंका रहेको जानकारहरुले बताएका छन् ।