काठमाडौ । सरकारसँग भएको ११ बुँदे सहमतिपछि आइतबार जनकपुर पुगेको सिके राउतका कार्यकर्ताले स्वतन्त्र मेधशको पक्षमा नारा लगाएका छन् । उनीहरुले एयरपोर्टबाट जनकपुरबजारसम्म हमको चाहियं आजादी भनेर नारा लगाएका थिए ।
उनीहरुले स्वतन्त्र तराई मधेश गठबन्धनको झण्डा, ड्रेस तथा प्रचार समाग्रीको प्रयोग समेत गरेका थिए । सरकारसँग भएको ११ बुदे सम्झौता अन्तरगत बुँदा नम्बर ६ मा कुनै प्रचार तथा प्रकाशन सामाग्री प्रयोग नगर्ने कुरा उल्लेख छ । तर विगतजस्तै सिके राउतका कार्यकर्ताहरुले सबै सामाग्रीको प्रयोग गरेका छन्।
उनीहरुले एशिया महादेशमा मधेश नयाँ देश लेखिएका प्ले कार्डहरु समेत बोकेका थिए । सिके राउत जिन्दाबाद, इन्कलाब जिनबाद जस्ता नाराहरु लगाएका थिए ।
सामाजिक संजालमा प्रकाशित तथा प्रशारित सामाग्रीहरुमा देखिए अनुसार ८ वर्षदखि गोप्य राउतको सुरक्षादस्ता पनि सार्वजनिक भएको छ । टाउँको रातो फेटा बाधेका, अगाडि कालो रंगको बुलेट प्रुफ ज्याकेट लगाएका लडाकूदस्ता सुरक्षामा देखिएका थिए ।
किन एकाएक सुरक्षादस्ता सार्वजनिक गर्यो, राजनीतिक बृत्तमा चर्चाको विषय बनको छ । सरकारसँग भएको सम्झौता उल्लंघन गर्दै उनले मधेश झरेलगत्तै किन यस्तो गरे भन्नेमा विभिन्न अडकलबाजी चल्न थलेका छन् । के फेरी राउतका सेनाको पनि समायोजनको बहस चलाइन् लागेको हो ।
उनीसँग सहमतिको बारेमा नेकपभित्रै असन्तुष्टि छाएको छ । नेकपाका नेता भिम रावलले राउतसँग सम्झौता मृत्युपत्रमा गरेका हस्ताक्षरको संज्ञा दिएका छन् । नेपाली कांग्रेसका युवा नेता गगन थापाले सांसदमा बेल्दै जनतमसंग्रह गर्ने भन्ने सरकारले गरेको सम्झौताको औचित्यहिन रहेको जनाए ।
मधेशवादी दलहरुले मधेश टुक्रयाउन लागिपरेको राउतसँतको सम्झौता आफूलाई मान्य नभएको जनाएकाछन् । सरकारले राउतसँग गरेको सम्झौताको जनस्तरबाट पनि बिरोध भइरहेको छ ।