काठमाडौं । सिके राउतले आफू नेतृत्जको स्वतन्त्र मधेश गठबन्धन पार्टि विगठन गरेका छन् । उनले सरकारसँगको ११ बुदे सहमतिपछि उनी खुला राजनीतिमा आएका हुन् ।
गएको फागुन २४ गते सरकारसँग ११ बुँदे सहमति गरी मूलधारको राजनीतिमा फर्किएका स्वतन्त्र मधेस गठबन्धनका नेता सिके राउतले नेपालको संविधानको अधिनस्थ रही ‘जनमत पार्टी’ गठन गरेका छन् ।
आईतबारदेखि सिरहाको लाहानमा सुरु भएको गठबन्धनको राष्ट्रिय परिषद बैठकले पार्टी गठन गर्ने निर्णय गर्दै राउतको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रिय कार्यकारिणी समितिको घोषणा गरेको छ ।
परिषदको आज सम्पन्न बैठकको निर्णय सार्वजनिक गर्दै जनमत पार्टीका केन्द्रिय सदस्य अब्दुल खानले जारी गरेको विज्ञप्तिमा सरकारसँग भएको सहमति ऐतिहासिक र मधेसी जनताका लागि अभूतपूर्व उपलब्धि भएको जनाईएको छ ।बैठकले निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने निर्णय पनि गरेको छ ।
बैठकले सरकारसँग भएको सहमति अनुसार आफ्ना कार्यकर्ता र समर्थकमाथि लगाइएका मुद्दा फिर्ता लिनका लागि पहल गर्न चन्दनसिंहको नेतृत्वमा ३ सदस्यीय कार्यान्वयन समिति समेत गठन गरेको छ ।
बैठकले जनमत पार्टीको गठनसँगै जनमत जुटाउन जनतासमक्ष जाने र जनमतबाटै संवैधानिक रुपमा नै जनताको समस्या, माग, हकहित र अधिकारका लागि समर्पित र निःस्वार्थ भावले संघर्षरत रहने प्रतिबद्धता जाहेर गरेको राउत नेतृत्वको जनमत पार्टीले जनाएको छ ।
File Photo