बढ्दो बिषादीको प्रयोग र दुषित खाने, दुषित वातावरणलाई ध्यानमा राख्दा अहिले यो सबैको समाधानका लागि एउटा बिकल्प भनेको भर्मिकोम्पोस्टिङ अर्थात गड्योउले मल मात्र हो । दिगो र स्वास्थ वातावरणको अर्थलाई व्यवारिकरण्मा ल्याउन फोर अच नेपाल आइ।ए।ए।एस र भानु नगरपालिका को समान्नयनमा भर्मिकोम्पोस्टिङ तलिम वडा नम्बर ११ मा सम्पन्न गरियो ।
उक्त कार्यक्रमका सभापति फोर एच नेपाल आइ.ए.ए.एस.का अध्यक्ष कैलाश भट्ट थिए । प्रमुख अथिती भानु नगरपालिकाका डा प्रमुख तारा नरेश पौडेल, विसिष्ट अतिथि, र अतिथिका रूपमा भानु नगरपालिकाको कृशि अधिकृत ज्ञानेन्द्र राज अधिकारीलगायत कर्मचारीको उपस्थिति रहेको थियो ।
तालिममा २७ जना सहभागीहरुको उपस्थित रहेको थियो । सहभागीहरुलाई भर्मिकोम्पोस्टको महत्व दर्साउनका साथै भर्मिकोम्पोस्ट कसरी बनाउने सम्बन्धमा पनि प्रशिक्षण दिइएको थियो ।
तालिमपछि नमुना भर्मिपिट बनाई सह्भागहिहरुलाई भर्मिकोम्पोस्टिङ तयार पार्न सिकाईएको थियो ।