नेविसंघद्वारा कोइरालाको स्मृतिमा मैनबत्ती प्रज्वलन

आजभोलि

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको स्मृतिमा मैनबत्ती प्रज्वलन गरेको छ । कोइरालाको नवौं स्मृतिमा काठमाडौंको शान्ति वाटिकामा स्मरण सभाको आयोजना गरिएको हो । उक्त कार्यक्रममा नेविसंघका नेता तथा कार्यकर्ताको ठूलो उपस्थिति रहेको थियो ।


उक्त स्मृति कार्यक्रममा नेविसंघका पूर्वमहामन्त्री मनोजमणी आचार्य तथा प्रतिमा गौतमको उपस्थिति रहेको थियो । स्मृति कार्यक्रममा नेविसंघका पूर्व केन्द्रीय सदस्यहरु दिपक भण्डारी, दिपक भट्टराई, मनोहरी श्रेष्ठ, लिला बल्लव दाहाल, मोती भण्डारी, पवन नेपाली लगायतका नेताहरुको उपस्थिति रहेको थियो । सबैले कार्यक्रममा कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

कार्यक्रममा आचार्यले गिरिजा प्रसाद कोइरालाको योगदान स्मरण गर्दै आजभोलिसँग भने, शान्ति प्रकृयाका अग्रणी नेताको सपना अधुरो रहेको छ । र, द्वन्द्वसँग जोडिएका घाउँहरु अहिले पनि ज्यूकात्यू छन् । शान्तिलाई निक्र्यौलमा पुर्याउनका लागि उनको नेतृत्वको अभाव महसुस गरिएको छ । आजको दिनमा दुइतिहाई सरकारले लोकतान्त्रका मूल्य मान्यता कुल्चर्दै कम्युनिष्ट सर्वसत्तावाद लादेको उनले भने आरोप समेत लगाए ।

नेविसंघका पूर्वमहामन्त्री प्रतिमा गौतमले कोइरालालाई सम्झिदै भनिन्, उहाँ नेपाली राजनीति बृत्तमा सधै युग पुरुषको रुपमा रहीरहनु हुनेछ । उनले माओवादीलाई शान्तिपूर्ण तरिकाले मूलधारमा ल्याएर देशमा शान्ति गरेका थिए । जसले उनलाई राजनेताको रुपमा स्थापित गराएको छ ।

उपस्थित नेता तथा कार्यकर्ताले उनको सम्झना गर्दै मैनबत्ती प्रज्वलन समेत गरेका थिए ।

  • ७ चैत्र २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !