नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परिवर्तनका उपलब्धिलाई रक्षा गर्ने सम्बन्धमा जनतालाई विश्वास दिलाउने बेला आएको बताएका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष प्रचण्डले परिवर्तन दिन वित्दै जाँदा अझै परिपक्व हँुदै जानुपर्ने भएकाले जनताको भरोसालाई विश्वासमा लिन नसके खतराको घण्टी बज्ने बताए । उनले त्यसका लागि जनप्रतिनिधिले हिजोको जस्तै त्याग, तपस्या र बलिदानी गर्ने संकल्प गर्नुपर्ने बताए ।
सत्ता पक्षले राम्रै कुरा गरे पनि, राम्रै नीति ल्याए पनि विपक्षीले विरोध गर्नुपर्ने बाध्यताजस्तो, प्रतिपक्षीले राम्रै सुझाव दिए पनि सत्ता पक्षले त्यसलाई अस्वीकार गर्नैपर्ने बाध्यताजस्तो परम्परागत शैलीबाट माथि उठ्न जरुरी रहेको उनले औंल्याए ।
उनले सरकारको नीति तथा कार्यक्रममाथि प्रतिपक्षका साथीहरुलाई शंका लाग्नु स्वभाविक भएको उल्लेख गर्दै सत्तापक्षले यसलाई सकारात्मक चुनौतीका रुपमा लिनुपर्ने बताए ।
उनले सत्तापक्ष प्रतिपक्षको एकताको जिम्मेवारी पूरा नभएकाले एकता र समझदारी मार्फत संविधान कार्यान्वयनका लागि लाग्नुपर्ने बताए । सरकारले एक वर्षमा दुरीगामी महत्व र विकासको नयाँ आधार खडा गर्ने काम गरेको उनले बताए ।