प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारलाई दिउँसै सपना देख्ने काम नगर्न सुझाव दिएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले गर्नै नसक्ने कार्यक्रम ल्याएर सरकारले दिउँसै सपना देख्ने काम गरेको भन्दै त्यसो नगर्न सुझाव दिएका हुन् ।
सुशासन र भ्रष्टाचारलाई नियन्त्रण गर्छु भन्दै प्राथमिकतामा राख्ने सरकारका अघि कयौँ भ्रष्टाचारका काण्ड भइरहेको भन्दै उनले नियन्त्रण भन्दा पनि प्रधानमन्त्री भ्रष्टाचारीलाई जोगानउ लागेको आरोप लगाए ।
संविधानको मर्म विपरित राष्ट्रपतिले सम्बोधनका क्रममा पटक पटक मेरो सरकार भनी सम्बोधन गरेकोमा पनि उनले आपत्ति जनाए । संविधानमा गरिएको व्यवस्थाको फेयरिस्त प्रस्तुत गर्दै उनले मेरो सरकार भनी गरिएको सम्बोधन संविधान विपरित भएकाले संशोधन गर्नुपर्ने माग गरे ।