नेपाली कांग्रेसको ‘हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ शुरु भएको छ । ।
बुधबार काठमाडौंको राष्ट्रिय सभागृहमा सभापति शेरबहादुर देउवाले जागरण अभियानको शुभारम्भ गरेका हुन् । कांग्रेस नेता बालकृष्णले जागरण अभियानले नयाँ रक्तसञ्चार गर्ने बताए ।
एक महिनासम्म सञ्चालन हुने अभियानका लागि प्रत्येक जिल्लामा कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाइएको छ । यसअघि कांग्रेसले वैशाख ११ बाट जागरण अभियान सुरु गर्ने तय गरेको थियो ।
तर पार्टीका पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधन भएपछि निर्धा्रित कार्यक्रम स्थगित भएको थियो । ‘हिमाल, पहाड, तराई–मधेसी नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिइएको अभियान ३ चरणमा १ वर्षभरि देशभर चल्ने कांग्रेसले जनाएको छ ।