आयोनद्वारा राष्ट्रिय युवा नीतिको प्रभावकारी कार्यान्वयनका लागि युवा क्षेत्रमा बजेट बढाउन माग

आजभोलि

आयोनद्वारा राष्ट्रिय युवा नीतिको प्रभावकारी कार्यान्वयनका लागि युवा क्षेत्रमा बजेट बढाउन माग

नेपाल युवा संस्था सञ्जाल (आयोन)ले राष्ट्रिय युवा नीतिको प्रभावकारी कार्यान्वयनका लागि रणनीतिक योजना बनाउन माग गरेको छ ।

मंगलबार युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालाई ज्ञापनपत्र बुझाउँदै युवा संस्थाहरुको छाता संस्थाका रुपमा रहेको आयोनले युवाका क्षेत्रमा बजेट बढाउन समेत माग गरेको छ।

ज्ञापन पत्रमा चालु आर्थिक वर्षमा युवाका लागि छुट्याइएको बजेट एक प्रतिशत पनि नभएको र ४० प्रतिशत जनसंख्या भएको युवा क्षेत्रलाई उपेक्षा गरेर सम्बृद्धि नहुने ठहरसहित बजेट बृद्धिको माग गरेको जनाइएको छ । आगामी बजेटको कम्तिमा १० प्रतिशत युवा क्षेत्रका लागि छुट्याउन ज्ञापन पत्र मार्फत् आग्रह गरेको आयोनका अध्यक्ष जगदीश ऐरले बताएका छन् ।

सामाजिक उद्यमशीलतामा युवा सहभागिता बढाउन आगामी बजेटमा हौसलापूर्ण कार्यक्रम ल्याउन पनि आयोनले माग गरेको छ। युवाहरुको अनुभव आदानप्रदान गर्न बिभिन्न देशमा नेपालका तर्फबाट हुने भ्रमणरोकिएकोप्रति पनि आयोनले आपत्ति जनाएको छ।

राष्ट्रिय युवा परिषद् ऐन संशोधन मस्यौदा मन्त्रालयमा अड्किएको प्रति मन्त्रीको ध्यानाकर्षण गर्दै आयोनले तत्काल प्रक्रियामा लैजान आग्रह समेत गरेको छ।

यसैगरी दीगो विकासका लक्ष्य प्राप्तिका लागि निर्देशिका तयार गरी संघीय स्वरुप अनुरुप स्थानीयकरण गर्न पत्रमामाग गरिएको छ।

ज्ञापनपत्र बुझ्दै मन्त्री विश्वकर्माले आयोनले उठाएका विषयलाई आफ्नो मन्त्रालयले गम्भीर रुपमा लिने बताएका छन्।

  • २६ बैशाख २०७६, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !