यसवर्षको मिस नेपाल वल्र्डको उपाधि अनुष्का श्रेष्ठले जितेकी छिन् ।
मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्काले मिस वल्र्डको उपाधि जितेकी हुन् । कार्यक्रमका मुख्य निर्णायक इला शर्माले सोधेको ‘हामीले अधिकार भन्दा कर्तव्यलाई ध्यान दियौं भने यो संसार राम्रो बन्न सक्छ होला, तपाई यसमा के भन्नुहुन्छ ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै अनुष्काले उपाधि जितेकी हुन् ।
अनुष्काले उपाधि जितेसँगै मिस वल्र्डमा सहभागिता जनाउन पाउनेछिन् । उनलाई यसअघिको मिस नेपाल श्रृंखला खतिवडाले क्राउन पहिराइदिएकी थिइन् । यस्तै, ‘मिस नेपाल यूनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीले जितिन् ।
‘मिस नेपाल अर्थ’को उपाधि रिया बस्नेत, ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि मीरा कक्षपतिले जितिन् भने मिस नेपाल सुनरनेशनलको उपाधि रोज लामाले जितेकी छन् ।