होटल सङ्घ नेपालको अध्यक्षमा सिर्जना राणा निर्वाचित भएका छन् ।
सङ्घको साधारणसभाले अन्नपूर्ण होटलका प्रमुख कार्यकारी अधिकृत राणालाई अध्यक्षमा निर्वाचित गरेको हो । यस्तै प्रथम उपाध्यक्षमा एयरपोर्ट होटलका विनायक शाह, द्वितीय उपाध्यक्षमा होटल साङ्ग्रिलाका प्रविणबहादुर पाण्डे, महासचिवमा काठमाडौँ प्रिन्स होटलका सुजन शाक्य र कोषाध्यक्षमा होटल वैशालीका विशालकुमार निर्वाचित भएका हुन् ।
यस्तै सदस्यमा अमरमान शाक्य, दिनेशबहादुर विष्ट, विधाता श्रेष्ठ, दिनेश तुलाधर, विनोदबहादुर श्रेष्ठ, विप्लव पौडेल, निर्वाचित भएको छ ।