नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंमा मेलम्ची खानेपानी आउन नदिने खेलमा नेपालीहरुनै संलग्न भएका बताएका छन् ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनको पहिलो केन्द्रीय अधिवेशनको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सरकारले बलियो हात नचलाई अझै मेलम्चीको पानी काठमाडौं नआउने बताए । उनले भने,‘मैले प्रधानमन्त्री, मन्त्रीसँग भने मेलम्ची आउँदैन रे त तर उहाँहरु अब रोकिन्न आउँछ भन्नु हुन्थ्यो तर सीएमसी विवाद निकालेर धकेलियो ।’
उनले हस्तक्षेप गरेर ल्याउनुपर्छ भन्नेमा सरकार र पार्टी छ तर यहाँ खेलहरु धेरै भइरहेका बताए । उनले अप्रेशन गर्नुपरे गर्ने तर मेलम्ची ल्याउन ढिलाई नगर्ने बताए ।