नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संसदको मर्यादा राख्न नसक्ने प्रधानमन्त्रीबाट मुलुक समृद्ध होला भन्ने अपेक्षा गर्न नहुने बताएका छन् ।
काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा नेता सिंहले प्रधानमन्त्रीले संसदमा बोेलेका असंसदीय शब्द हटाउन सभामुखले निर्देशन दिनुपर्ने अवस्था आउनु सरकारका लागि लज्जाबोधको विषय भएको बताए ।
उनले कांग्रेस कम्युनिष्टहरु जस्तो हत्या हिंसा मच्चाएर संसदी व्यवस्थामा नआएकाले उनीहरुसँग तुलना गर्न नमिल्ने बताए । उनले सरकार विधिसम्मत तबरले अघि नबढे कांग्रेसले प्रतिकार गर्ने चेतावनी दिए । उनले शान्ति सुरक्षा र विकासका मामिलामा सरकार चुकेको बताए ।