वर्तमान सरकार अधिनायकबाध तर्फ उन्मुख छ : नेता पौडेल

आजभोलि

वर्तमान सरकार अधिनायकबाध तर्फ उन्मुख  छ  : नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार अधिनायकबाध तर्फ उन्मुख रहेको आरोप लगाएका छन् ।

कांग्रेसको जागरण अभियानअन्तर्गत शनिबार सुनसरीको झुम्कामा आयोजित सभालाई सम्बोधन गर्दै पौडलले नेपालमा अहिलेको राजनीति व्यवस्थामा केपी ओलीले दिएको जवाफ अधिनायकवाद तर्फ उन्मुख भएको दाबी गरे ।

सरकारले राष्ट्रपतिलाई महारानीको दर्जा दिए पनि संविधानले नदिने उनले प्रष्ट पारे । अख्तियार, अदालत, लोकसेवा, जस्ता संवैधानिक अंगलाई निरर्थक बनाउने प्रयासमा ओली सरकार लागेको आरोप लगाउँदै वरिष्ठ नेता पौडेलले संवैधानिक अंगमाथिको हस्तक्षेप अस्विकार्य रहेको बताए ।

७० वर्षसम्म लडेर ल्याएको व्यवस्थालाई रक्षा गर्न नेपाली कांग्रेस तयार रहेको र लोकतन्त्रको रक्षा गर्ने आत्म शक्ति र राजनीति नैतिक साहस भएको कारण त्यसको लागि पार्टीलाई जगाउन जरुरी उनको दाबी छ ।

हिजो कांग्रेसले संसदमा खेलेको भूमिकाले प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिएर सरकार छोड्न बाध्य भएका थिए । नेपाल कुनै मुलुकको उपनिवेश होइन । केपी ओलीले सत्य लुकाउन असत्यको प्रचार गरियो भन्दै आएका छन् । मुलुकको कार्यकारी प्रधानमन्त्री भन्न सक्नुपर्छ असत्यको प्रचार भयो भने प्रचार के हो त रु

अबका दिनमा कांग्रेस कार्यकर्ताले शीर निहु¥याएर हिड्नु नपर्ने बताउँदै अब महिलाले हरेक घरमा एउटा महिला संघको सदस्य र हरेक टोलमा महिला संघको समिति बनाए मात्र कांग्रेसको जीत संभव हुने उनले बताए।

  • २८ बैशाख २०७६, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !