नेपाली कांग्रेसले सरकार पूर्वाग्रही बनेको आरोप लगाएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको आगामी बर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुदै कांग्रेस सांसद डाक्टर मिनेन्द्र रिजालले बजेट तर्जुमा गर्दा राजनीतिक पूर्वाग्रहबाट माथि उठेर सिद्धान्त र प्राथमिकता निर्धारण गर्न सरकारको ध्यानाकर्षण गराए ।
बजेटले समग्ररुपमा मुलुकको विकास गर्न नसक्ने भन्दै उनले संशोधन गर्न आग्रह गरे । भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भन्ने सरकारका अगाडि दैनिक भ्रष्टाचारका घटना सार्वजनिक भईरहेको भन्दै उहाँले व्यङ्ग्य गरे ।
नेकपाका महासचिव विष्णु पौडेलले आगामी बर्षको बजेटका प्राथमिकता निर्धारण गर्दा सही सिद्धान्त निरुपण गरिएको भन्दै बजेटका प्राथमिकता र सिद्धान्तको समर्थन गरे । खाद्यसुरक्षा, रोजगारी, सामाजिक सुरक्षा लगायत मौलिक हकका पक्षमा रही प्राथमिकता निर्धारण गरिएको भन्दै उनले राष्ट्रिय आकांक्षालाई पुरा गर्ने गरि सन् २०३० अगाडि नै मध्यम आए भएको मुलुकको रुपमा विकसित गर्ने अठोट सिद्धान्त र प्राथमिकतामा गरिएको बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र प्रसाद लिंङ्देनले कागजमा जति राम्रा योजना आएपनि कार्यान्वयन पक्ष बलियो हुनुपर्ने बताए ।