प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारलाई मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ता लिन माग गरेको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारको आगामी बर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुदै कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारलाई विधेयक फिर्ता लिन माग गरेका हुन् ।
उनले सरकारले सिद्धान्तमा मौलिक अधिकारको रक्षा गर्ने भने पनि कानुन बनाउँदा मौलिक अधिकारलाई कुण्ठित गर्ने प्रयास गरेको जिकिर गरे ।
उनले सरकारलाई मानव अधिकारसम्बन्धि विधेयक पनि फिर्ता लिनुपर्नेमा जोड दिए । उनले सरकारलाई उक्त विधेयक फिर्ता गरेर मानव अधिकारको रक्षा हुने गरी परिस्कृत गरेर ल्याउन सुझाव समेत दिए ।
उनले विगतको प्रचलनलाई खण्डित गरेर यस पटक प्रि–बजेट छलफल नै नगरेर वार्षिक नीति तथा कार्यक्रम ल्याउनुको कारणका बारेमा अर्थमन्त्री डा। युवरााज खतिवडाले जवाफ दिनुपर्ने बताए ।