सेवा प्रवाहको झन्झटिलो प्रक्रियाले भ्रष्टाचार संस्थागत हुँदै : मुख्यमन्त्री राउत

आजभोलि

सेवा प्रवाहको झन्झटिलो  प्रक्रियाले भ्रष्टाचार संस्थागत हुँदै : मुख्यमन्त्री राउत

प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले सेवा प्रवाहको झन्झटिलो प्रक्रियाले भ्रष्टाचार संस्थागत हँुदै गएको टिप्पणी गरेका छन् । उच्च स्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको आयोजनामा जनकपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले यस्तो टिप्पणी गरेका हुन् ।

उनले सेवाग्राहीहरु झन्झटिलो प्रक्रियालाई थेग्न नसकेपछि घुस दिएर काम गराउने भएकाले सेवा प्रवाहको प्रक्रियालाई जनमुखी र व्यवहारिक बनाउनु पर्ने बताए । मुख्यमन्त्री राउतले भ्रष्टाचारको अन्त्यको शुरुवात माथि बाटै हुनुपर्ने उल्लेख गरे ।

नियम कानून बनाएर भ्रष्टाचार अन्त्य गर्न नसकिने भन्दै उनले यसका लागि आफ्नै छातीमा हात राखेर अघि बढ्नुपर्ने उल्लेख गरे । नियम कानुन मिचेर गरिएको कर्मचारी समायोजनले प्रदेश र स्थानीय तहमा आएको कर्मचारीहरुमा आतंक सृजना गर्ने कार्य गरेको उनले दाबी गरे ।

  • ३१ बैशाख २०७६, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !