नेपाली कांग्रेसले संसदमा दर्ता भएका तीन वटा विधेयक फिर्ता लिन सरकारलाई आग्रह गरेको छ ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बुधबार बिहान बसेको संसदीय दलको बैठकले संविधान विपरीत हुने विधेयकहरू फिर्ता लिन आग्रह गरेको हो ।
बैठकले सरकारले विधेयक फिर्ता नलिए सदन र सडकबाट प्रतिवाद गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।
सरकारले सदनमा लगेको राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार, मिडिया काउन्सिल र मानव अधिकारसम्बन्धी विधेयक संविधानको मर्म र भावना विपरीत भएकोले फिर्ता गर्न माग गरेको उनले बताए ।