त्रिशूली–काठमाडौँ २ सय २० केभी ‘डबल’ सर्किट प्रसारण लाइनको परीक्षण बु्धबारदेखि शुरु गरिएको छ ।
नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर पाँचस्थित माथिल्लो त्रिशूली थ्री ‘ए’ को उत्पादन गृहदेखि काठमाडाँैको मातातीर्थ सवस्टेशनसम्म विस्तार गरिएको प्रसारण लाइनमा विद्युत् प्रवाह गरेर परीक्षण थालिएको हो ।
परीक्षण अवधि लगातार तीन दिन चल्ने छ । परीक्षणका लागि केन्द्रीय प्रसारण लाइनको विद्युत् प्रवाह गरिएको आयोजनाका सहायक निर्देशक नारायणप्रसाद आचार्यले जानकारी दिए ।
उनका अनुसार ६० मेगावाट क्षमताको थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भइसकेकाले उक्त आयोजनाको पहिलो युनिटमा लोड दिएर दुवै योजनाको संयुक्त परीक्षण गर्ने तयारीसमेत छ ।