नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संघीयता कार्यान्वयन गर्न सरकार असफल भएको बताएका छन् ।
बिहिबार सुर्खेतमा नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संघीयताप्रति प्रधानमन्त्रीको रुचि नभएको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीयता विरोधीको संज्ञा समेत दिएका छन् ।
उनले चित्रबहादुर केसीलाई नेपालमा संघीयता चल्दैन भन्ने हक भएको तर प्रधानमन्त्रीलाई त्यो हक नभएको बताए । स्थानीय सरकारलाई अधिकारविहीन बनाइएको पनि जिकिर उनले गरे ।
उनले प्रधानमन्त्रीले संसदमा आफूहरूलाई हेपेको पनि आरोप लगाए । नेकपाको एकता चुनाव जित्नका लागि मात्रै भएको उनको टिप्पणी छ ।