राष्ट्रिय ललितकला पुरस्कार मिथिला चित्रकार रन्जुलाई प्रदान

आजभोलि

राष्ट्रिय ललितकला पुरस्कार मिथिला चित्रकार रन्जुलाई प्रदान

२०७६ को राष्ट्रिय ललितकला पुरस्कार चर्चित मिथिला चित्रकार रन्जु यादवलाई दान गरिएको छ ।

जेठ २ गते बिहीबारदेखि सुरु भएको राष्ट्रिय ललितकला प्रदर्शनी–२०७६ को उद्घाटन समारोहमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले चित्रकार यादवलाई उक्त पुरस्कार हस्तान्तरण गरेका थिए ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने लोककला विधाअन्तर्गतको राष्ट्रिय ललितकला पुरस्कार चित्रकार यादवलाई दिइएको हो ।

राष्ट्रिय ललितकला प्रदर्शनी–२०७६ मा सहभागी ‘छोरी बचाउ, छोरी पठाउ’ शिर्षकको यादवको मिथिला चित्र उत्कृष्ट भएर उनलाई ६० हजार राशिको उक्त पुरस्कार प्रदान गरिएको हो ।

सप्तरीको राजविराज –१०, दिघवा निवासी यादव हाल काठमाडौंमा बसी व्यवसायिक चित्रकला क्षेत्रमा विगत ६ वर्षभन्दा बढी समयदेखि साधनारत छिन् ।
भारत र बंगलादेश भ्रमण गरेकी र एक दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीमा सहभागी भइसकेकी यादवको गत चैत्र महिनामा काठमाडौंमा एकल चित्रकला प्रदर्शनी सम्पन्न भएको थियो ।

लोककला विधा अन्तर्गतकै विशेष पुरस्कार सिरहाका हरेराम यादव र कैलालीका मिठ्ठु थारु गरी दुई जनालाई प्रदान गरिएको छ ।

यस्तै, यस विधाअन्तर्गतकै प्रदेश विशेष पुरस्कार धनुषाकी रेमनी मण्डललाई प्रदान गरियो । विशेष पुरस्कार र प्रदेश पुरस्कारको राशि जनही २५ हजार रहेको छ ।

  • ३ जेष्ठ २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !