नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब पार्टीको ध्यान जिल्ला अधिवेशन र केन्द्रीय महाधिवेशनमा केन्द्रित हुने बताएका छन् ।
शनिबार सिन्धुलीको सुनपानी गाउँपालिकामा स्थानीय नेता कार्यकर्तासँगको भेटमा अध्यक्ष प्रचण्डले पार्टी एकताको मूलभूत काम सकिएकाले अब जिल्ला अधिवेशन र केन्द्रीय महाधिवेशनमा ध्यान केन्द्रित गर्ने बताए ।
उनले अब छिट्टै कार्यक्रमसहित नेतृत्व पंक्ति जिल्ला दौडाहामा लाग्ने बताए । उनले आफूहरुलाई कमजोर हुने छुट नभएको र कमजोर भएमा ठूलो क्षति व्यहोर्नु पर्ने भएकाले त्यसतर्फ नेतृत्व सजग रहेको बताए ।
उनले गतवर्ष बजेटका कारण पार्टी पंक्ति र जनताको उत्साह घटेको भन्दै यसवर्ष उत्साह दिने बजेट आउने बताए । उनले आफूले अर्थमन्त्रीलाई बरु एक दुई खर्ब बजेट बढाएर भएपनि लोकप्रिय कार्यक्रम ल्याउन भनेको जानकारी दिए ।