डोल्पामा यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु भएको छ ।
शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने पाटनमा यार्सागुम्बा टिप्न गएका जाजरकोटका दुई जनाको लेक लागेर मृत्यु भएको हो । लेक लागेका बारेकोट गाउँपालिका–१ का १८ वर्षीय कृष्ण विकलाई उपचारका लागि फोक्सुण्डो ताल नजिक पर्ने रिग्मो गाउँमा ल्याइपु-याउँदा मृत्यु भएको र जाजरकोट जिल्लाकै वर्ष २२ का रमेश चलाउनेको प्यारी भोक्पाभन्ने ठाउँमा मृतु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
लेक लागेर बिरामी पर्नेकोे सङ्ख्या बड्दै गएकाले सर्वसाधारण धमाधम घर फर्कन थालेको प्रहरीले बताएको छ ।