राजधानीका बिभिन्न ठाउँमा यौन धन्दा मौलाउदै गएको छ । विभिन्न सेवाको नाममा खुलेका गेष्ट हाउस, डान्स बार, मसाज सेन्टर लगायत ठाउँमा यौन धन्दाको जालो रहेको विभिन्न संचार माध्यममा सार्वजनिक हुदै आएको छ ।
रात्री जीवन रंगिन र रमाइलो बनाउने नाममा खुलेका अधिकांश डान्सबारहरू युवती देखाएर ग्राहक लुट्ने अखडा बनिरहेका छन् ।
मनोरञ्जनका नामले खुलेका कतिपय डान्सबारहरु बार्केनिङको थलो बन्ने गरेको प्रहरी निकाय नै बताउँछ । यस्तै रातको समयमा राजधानीका नयाँ बसपार्क, ठमेल, कोटेश्वर, सुन्धारा लगायत अन्य धेरै ठाँउ देह व्यापार गर्ने थलोको रुपमा रहेका छन् भन्दा फरक नपर्ला ।
हरेक रात डान्सबारको एउटै लक्षय हुन्छ केटीहरु देखाएर त्रिबलको चौबर बिल बनाएर रकम असुल्ने । बाहिर तीस रुपैंया पर्ने एक बोतल कोकलाई डान्सबार भित्र चार सय रुपैंयाँ तिर्न लगाएर ग्राहकलाई लुट्ने गरिन्छ ।
डान्सबारमा काम गर्ने युवतीहरूको पनि श्रम तथा शारीरिक शोषण भइरहेको छ । यहाँ हुने अधिकांश लफडा बाहिर आउने गर्दैनन् र प्रहरीले पनि डान्सबारका समस्यालाई गम्भीरतापूर्वक लिएको देखिँदैन ।
यसो नाच हेरेर मनोरञ्जन लिन जाऊँ भन्ने नयाँ मानिसहरु तँ टाउको छामेर फर्कने अवस्था हुन्छ । डान्सबार भित्र छिरिसकेपछि कम्तिमा दश देखि पन्ध हजार रुपैंया एकैछिनमा सकिने गर्दछ ।
सबै डान्सबारको मूल्य मनपरी तोकिएको छ । बाहिर २ सय ८० रुपियाँमा पाइने बियरलाई डान्सबारमा ८ सय देखि १ हजार सम्म पर्ने गर्छ ।
एक त पैसाको सत्यनाश अर्कोतीर लफडा । यति धेरै विकृति हुँदा हुँदै प्रहरीहरु भने रमिते हेरेर बस्छन् । प्रहरीहरुसँग पहिले नै डान्सबार साहुको सेटिङ हुने गरेको बारम्वार सुन्ने गरिन्छ ।
साहुले नै यसो अलि अलि पैसा दिएर प्रहरीहरुलाई मिलाउँछन् । राजधानीमा सञ्चालित अधिकांश डान्सबारहरूले खुल्लमखुल्ला ग्राहक लुटिरहेका छन् । प्रहरीलाई यो सबै कुरा थाहा छ तर केही गर्दैन ।
यसो एउटा टेबुलमा गएर ड्रिङ्स लिऊँ भन्यो भने त्यहीँ नै केटीहरु झुम्मिएर पैसा स्वाहा पारिदिने गर्दछन् । ग्राहकलाई मनोरञ्जन दिने नाममा साहुहरुले केटीहरुलाई अगाडि पारेर ग्राहक लुटिरहेका हुन्छन् ।
दलालहरु भन्छन् ‘केटी भनेपछि हुरुक्कै हुनेहरूलाई त मज्जाले उल्लु बनाउन सकिन्छ । डान्सबार पुर्याएर टेबलसम्म राखिदिने काम हाम्रो हो, त्यसपछि पैसा धेरै उठाउने काम केटीहरुको हो । हामीलाई त्यसपछि कुनै मतलब हुँदैन ।’
एकजना ग्राहक लगेबापत आफूलाई २५ देखि ३० प्रतिशतसम्म कमिसन आउने उनिहरु बताउँछन् ।
प्रहरीका अनुसार डान्सबार लुटको मात्र होईन झगडाको पनि अखडा हो । डान्सबार भित्र काम गर्ने बाउन्सर र ग्राहकबीच झगडा भईरहेको हुन्छ भने कहिले काँही बाहिरबाट आउने केटाहरुको समूहबीच पनि झगडा भईरहेको हुन्छ ।
डान्सबार र ड्युटीमा खटिने प्रहरीबीच नै मिलेमतो हुन्छ । कतिपय डान्सबारले महिनावारी रकम दिएर प्रहरीलाई आफ्नो पकडमा राख्ने गरेको समेत प्रहरीमाथि आरोप लाग्ने गरेको छ ।
समाजलाई न्याय दिने प्रहरी प्रशासन क्षेत्रले आफनो गल्तीलाई आत्मसात गदै जनताको मन जित्न तत्पर हुन जरुरी देखिन्छ ।