नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विगतको इतिहास भजाएर मात्रै कांग्रेसलाई जनताले विश्वास गर्न नसक्ने बताएका छन् ।
आइतबार सुर्खेतको वीरेन्द्रनगरमा पार्टी कार्यकर्तासँगको भेटमा सिहले कांग्रेसले आफूलाई विधि विधान अनुसार नचलाएमा, नयाँ संरचनामा नलगेमा र आन्तरिक कलह समाप्त नपारेसम्म विगतको इतिहासलाई भजाएर आफूतिर तान्न नसकिने उल्लेख गरे । उनले कांग्रेस आफू पनि सच्चिन तयार रहनुपर्ने बताए ।
उनले २००७ साल, २०३६ साल र २०४६ सालको इतिहास भजाएर जनताले विश्वास गर्न नसक्ने र त्यसका लािग पार्र्टीभित्रको संस्थागत सुधार गरेर, विधि विधानबाट चलाएर मात्रै कांग्रेस एकढिक्का बनाउनुपर्ने बताए ।
गाउँ जागरण अभियानका क्रममा कार्यकर्ताहरुले कांग्रेसलाई संस्थागत सुधार गर्नुपर्ने, पार्टीको आन्तरिक कलह मेटाउनुपर्नेजस्ता सुझावहरु आएको हुँदा नेतृत्व तहले गम्भीर भएर सोच्नुपर्ने उनको भनाई थियो । उनले नेतृत्वले कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने बताए ।