राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा राजसंस्थादेखि विप्लवसम्म अटाउने मौलिक प्रजातन्त्र आवश्यक रहेको बताएका छन् ।
आइतबार मिडिया नेपालले बाग्लुङमा गरेको पत्रकार भेटघाटमा उनले विगतमा आफु गृहमन्त्री हुँदा तत्कालिन माओवादीले गोलमेच सम्मेलनको आवाज उठाए पनि बाह्य शक्तिको चलखेलका कारण असफल भएको जिकिर गरे ।
उनले मिडिया काउन्सिल विधयेक पूर्ण प्रेस स्वतन्त्रताको भावना र मर्म विपरित रहेकाले तत्काल संशोधन गर्न माग गरे ।