भारतको दिल्लीबाट झांसी गइरहेको केरला एक्सप्रेसको बसभित्रै चार जना यात्रीको मृत्यु भएको छ।
उनीहरु चारैजनाको अत्यधिक गर्मीका कारण मृत्यु भएको बताइएको छ। मृतकको शव झांसीमा बसबाट उतारिएको छ । आग्राबाट ६५ जनाको ग्रुप कोयम्बटूर गइरहेको थियो ।
चार दिन अगाडि उनीहरु घुमघामका लागि निस्केका थिए ।
बसभित्रै यात्रुहरु बेहोस भएपछि बोलाइएका डाक्टरले चारैजनालाई मृत घोषित गरेका थिए ।