राजधानीको भद्रकालीमा पाँचसय लिटर रगत पोख्ने राष्ट्रिय स्वयंसेवक नेपालका पदाधिकारीले आत्मदाहको चेतावनी दिएका छन् ।
सरकारले शान्तिपूर्ण आन्दोलनमाथि बल प्रयोग र धरपकड गरेको भन्दै आत्मदाहको चेतावनी दिएका हुन् ।
सोमबार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय स्वयंसेवकका केन्द्रीय संयोजक श्रीराम घिमिरेले भ्रष्टाचार, बेथिती र विसंगतिविरुद्ध आवाज उठाउँदा सरकारले बल प्रयोग गरिरहे आत्मदाह गर्ने चेतावनी दिए । उनले भने, ‘हामी आन्दोलन चर्काउँदै आत्मदाहसम्म पुग्छौं ।’
स्वंसेवकले ३२ जेष्ठमा भद्रकालीमा पाँच सय लिटर रगत सडकमा बगाएपछि सर्वत्र चर्चा भएको थियो । उक्त घटनापछि स्वयंसेवक नेपालका अभियन्ताहरुलाई सरकार पक्राऊ गरेर हिरासतमा राखेको थियो । घिमिरेले प्रधानमन्त्री र गृहमन्त्रीको तस्वीरमा रगतको बली चढाएर सांकेतिक विरोधमात्र गरेको बताए । उनले भने,‘अब योभन्दा कडा संघर्षमा जान्छौं ।’
भद्रकालीबाट नेपाल स्वयंम् सेवकका १० जना अभियान्तालाई प्रहरी पक्राऊ गरेको भन्दै केन्द्रीय अभियन्ता विमल खत्रीले आपत्ति जनाए । आफूहरुका बारे गलत हल्ला फैलाएर आन्दोलनलाई कमजोर पार्न खोजेको आरोप लगाए । राष्ट्रिय स्वयंमसेवक नेपनलका अभियन्ताहरु सरिता पण्डित, गायत्री दाहाल, अभियन्ताहरु केशव प्रसाद उपे्रती पुरुषोत्तम गजुरेल र सुदिप गजुरेलले कडा आन्दोलनको विकल्प नभएको बताएका थिए ।