७२ वटा सिसिटिभीबाट सुसज्जित सुविधानगर

आजभोलि

७२ वटा सिसिटिभीबाट सुसज्जित सुविधानगर

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक डिआइजी शैलेश थापा क्षेत्रीले एकजना प्रहरीलाई गरिने खर्चबाट ५० वटा सिसिटिभि क्यामेरा आउने र त्यसले गर्ने काम सत्यमा आधारित र बढी प्रभावकारी हुने बताएका छन् ।

राजधानीको सुविधानगर तीनकुने क्षेत्रमा जडान गरिएको ७२ वटा सिसिटिभि जडान तथा हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै डिआइजी थापाले सिसिटिभिले देखाउने प्रमाण सँधै एकैनाशको हुने, व्यक्तिको कुरा जस्तै पटक पटक नफेरिने र झुठो नहुने भएकोले सिसिटिभिको काम अत्यन्तै प्रभावकारी हुने बताएका हुन् ।

विगतमा प्रहरीबाट फियर अर्थात डर पैदा हुन्थ्यो तर अहिले प्रहरी फ्रेण्डली अर्थात् मैत्रिपुर्ण हुने भएकोले प्रहरीलाई काम गर्न पनि सजिलो भएको र सर्वसाधारणलाई पनि प्रहरी साथीजस्तो अनुभूति भएको उनले बताए । प्रविधियुक्त सुरक्षात्मक कार्यक्रमलाई जोड दिँदै महानगरीय प्रहरी कार्यालय रानीपोखरी मातहत हाल उपत्यकाका विभिन्न स्थानमा ५२९ वटा सिसिटिभि जडान गरिसकिएको पनि डिआइजी थापाले बताए ।

महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर, सामुदायीक विकास समिति, एकिृकत उपभोक्ता समाज एवम् सुरक्षित नागरिक समाजको संयुक्त पहलमा सुविधानगर क्षेत्रमा करीव ३७ लाख ३५ हजार रुपैयाको लागतमा जडान गरिएको ७२ वटा सिसिटिभिको सोमबार उद्घाटन तथा हस्तान्तरण गरिएको हो ।

महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको मनिटरले सुविधानगरका सबै टोल र गल्लीमा जडान गरिएका ती ७२ वटै सिसिटिभिको मनिटर गर्नेछ । सिसिटिभि जडानको लागि एकिकृत उपभोक्ता संघ सुविधानगरका पदाधिकारीहरुले गत तिहारमा देउसी भैलो खेलेर जम्मा गरेको ४ लाख ५० हजार र ट्रिटन इन्टरनेशनल कलेज तथा ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुलले २ लाख ४० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ भने सुविधानगर क्षेत्रमा रहेका विद्यालय, कलेज, व्यवसायीक संघसंस्थाबाट बाँकी रुपैया संकलन गरिएको हो ।

नयाँबानेश्वर वृत्तका प्रमुख एवम् सुरक्षित नागरिक समाजका महासचिव डिएसपि गोविन्दराज काफ्लेले वृत्तको पहलमा कागेश्वरी मनोहरा नगरपालिकाका विभिन्न वडामा १८ वटा सिसिटिभि जडान गरी त्यसको मनिटरिंग काँडाघारी प्रहरी प्रभागले गर्ने बताउँदै सोमबारदेखि सञ्चालनमा आएको ७२ वटा सिसिटिभीको मनिटरिंग वृत्तले गर्ने बताए ।

सिसिटिभि उद्घाटन तथा हस्तान्तरण कार्यक्रमको उद्घाटन गर्दै नेपाल सरकारका महान्यायधिवक्ता अग्नीप्रसाद खरेलले सिसिटिभी जडानपछि सुविधानगरक्षेत्र बसोबासको लागि पुर्णरुपमा सुरक्षित भएको बताए ।

सुविधानगर क्षेत्रको अनुकरण गर्दै अन्य क्षेत्रमा पनि सिसिटिभि जडान गर्ने हो भने चोरी, लुटपाट र अन्य अपराधका घटनामा निकै कमी आउने र अपराधीहरु पक्रिन सजिलो हुने उनको धारणा थियो ।

सामुदायीक विकास समितिकी अध्यक्ष सुमित्रा कडरियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रहरी प्रधान कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राई, सुरक्षित नागरिक समाजका संस्थापक अध्यक्ष डा।गोविन्द कुसुम, कार्यवाहक अध्यक्ष योगराज कँडेल, ३ नं प्रदेशका सांसद दिपेन्द्र श्रेष्ठलगायतले अपराध न्युनिकरणका लागि सिसिटिभीको आवश्यकता र महत्वबारे प्रकाश पारेका थिए ।

त्यस अवसरमा आफ्नो एकवर्षे कार्यकाल सम्पन्न गरि सरुवा हुन लागेका वृत्तका प्रमुख, डिएसपि काफ्लेलाई सामुदायीक विकास समितिको तर्फबाट महान्याधिवक्ता खरेल तथा एकीकृत उपभोक्ता संघको तर्फबाट अध्यक्ष मदन शिवाकोटीले विदाई सम्मान गरे ।

कार्यक्रममा सिसिटिभी जडानमा आर्थिक सहयोग गर्ने ट्रिटन इन्टरनेशनल कलेज तथा ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुलका निर्देशक राजन सुवेदीलाई महान्याधिवक्ता खरेलले प्रशंसापत्र प्रदान गरे । यसैगरि खरेलले एकिकृत उपभोक्ता संघका अध्यक्ष मदन शिवाकोटीलगायत विभिन्न संघसंस्थालाई प्रशंसापत्र प्रदान गरेका थिए ।

कार्यक्रममा ३ नं प्रदेशका सांसद राजेन्द्र गुरुंग, महानगरीय प्रहरी परिसरका काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदी, अर्का एसएसपि भिम ढकाल, राष्ट्रिय खेलकूद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिना, महानगरीय ट्राफिक प्रहरी कार्यालय काठमाडौंका प्रमुख एसएसपी बसन्त पन्त, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपि सविन प्रधान, काठमाडौं महानगरको १० नं वडाध्यक्ष रामकुमार केसी, ३२ का अध्यक्ष नवराज पराजुलीलगायतको सहभागित थियो ।

  • २ असार २०७६, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !