मजदुरका माग सम्बाेधन नभएपछि अान्दाेलित बनेका कारण हिजोदेखि बन्द भएको होटल हायात बुधबार खुलेको छ । सेवा सुविधाको माग गर्दै हड्तालमा उत्रिएका उनीहरू आजदेखि काममा फर्किएका हुन्। एक सातादेखि मजदूर हडतालमा उत्रिएपछि होटल बन्द भएको थियो।
श्रम कार्यालयले हड्ताल रोकेर कामसँगै वार्ता अघि बढाउन भनेपछि आफूहरू काममा फर्किएको होटलमा रहेको आधिकारी ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहालले जानकारी दिए।
व्यवस्थापनले पहिले नै भएको सम्झौता अघिल्लो वर्षसम्म पूरा गर्दै आए पनि सन् २०१९ को जनवरीदेखि रोकिदिएकाले मजदूरहरू हड्तालमा उत्रिएका थिए।
कुल ४ सय जनशक्ति रहेको होटलमा ट्रेड युनियनमा आवद्ध सबैले काम छाडेर माग पूरा हड्तालमा उत्रिएका थिए। ती सबै काममा फर्किएको दाहालले जनाए ।