पार्टीका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको हत्याको विरोधमा प्रतिबन्धित नेकपाले आहृवान गरेको बन्दले देशभरको जनजीवन प्रभावित भएको छ ।
काठमाडौं उपत्यकासहित देशभरको जनजीवन प्रभावित भएको हो । काठमाडौं उपत्यकामा बन्दको प्रभाव कम देखिएपनि बाहिरी जिल्लामा बन्दको प्रभाव परेको छ ।
काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सवारीसाधन भने चलेका छैनन् । बन्दका कारण शैक्षिक संस्था, कलकारखाना ठप्प भएका छन् ।
बन्दकर्ता सडकमा नदेखिएपनि केही स्थानमा शंकास्पद बस्तु देखिएकाले सर्वसाधारण त्रसित भएका छन्