पुष्कर खड्का
रामेछाप जिल्लाको मन्थली नरपालिका वडा नम्बर ६ भलुवाजोरको हुलाक बेतीनीमा शहरी स्वास्थ्य केन्द्र संचालनमा आएको छ ।
शहरी स्वास्थ्य केन्द्रको शनिबार वडा नं ६ का कार्यवहाक वडाध्यक्ष प्रेम बहादुर तामाङको अध्यक्षतामा भएको एक कार्यक्रमकाबिच मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।
नेपालको संविधान २०७२ ले नागरिकको आधारभूत स्वास्थ्य सेवालाई मौलिक हकका रुपमा स्थापीत गरेकाले सोहि अनुरुप अत्यावश्यक स्वास्थ्य सेवा समुदायको पहँुचमा पुर्याउनका लागि शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको मन्थली नगरपालिका स्वास्थ्य शाखाका प्रमुख केशराज फुयालले जानकारी दिए ।
शहरी स्वास्थ्य केन्द्रबाट एकजना अहेव , एकजना अनमी र एक जना कार्यालय सहयोगी सहित तीन जना कर्मचारी मार्फत प्रतिकारात्म , प्रवर्धनात्मक , उपचारात्मक सेवाहरु प्रवाहा हुनेछ ।
कार्यक्रममा मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेत , उपप्रमुख माया कुमारी कार्की , मन्थली नगरपालिका स्वास्थ्य संयोजक केशवराज फुयाल र नेकपाका नेता आनन्द श्रेष्ठले शहरी स्वास्थ्य केन्द्र अत्यावश्यक ठाउँमा संचालनमा आएको भन्दै सेवा प्रवाहालाई प्रभावकारी बनाउँन लाग्नुपर्नेमा जोड दिएका थिए ।
शहरी स्वास्थ्य केन्द्र संचालनमा आएसंगै अत्यावश्यक स्वास्थ्य सेवा लिन सजिलो हुने भन्दै भलुवाजोरको हुलाक बेतीनीका स्थानीयहरु खुसी भएका छन् ।
शहरी स्वास्थ्य केन्द्रमा नेपाल सरकारले निुल्क प्रदान गर्ने ३५ थरीका औषधी उपलव्ध हुनेछ ।