बाल सचेतना केन्द्रद्वारा आयोजित घरेलु बाल श्रम विरुद्धको जनचेतना कार्यक्रम सम्पन्न

आजभोलि

बाल सचेतना केन्द्र नेपालको आयोजनामा घरेलु बाल श्रम विरुद्धको जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार काठमाडौं महानगरपालीका ६ बौद्ध स्थित जनकल्याण माध्यमिक बिद्यालयमा आयोजीत कार्यक्रमको प्रमुख अतिथि काठमाडौं महानगरपालीका कार्यपालिका सदस्य लक्ष्मी श्रेष्ठ तथा विशेष अतिथि बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक वसन्त लामा थिए ।

बालबालीकाले आफुले पाउनुपर्ने अधिकार पाउन सकेका छैनन् । उनिहरु सडकमा छन् । उनिहरु कन्टेनरमा फालिएका फोहोरमा भविष्य खोज्दै छन् । सामाजीक सुरक्षाका सवालमा बालबालीकालाई जोडिन्छ । तर यस खाले सामाजीक सुरक्षाको मुद्दामा सरोकारवालाहरुको प्रयास कतिको सफल छ ,उनिहरुको अभियानले कतिको सार्थकता पाउदै छ, त्यसवारेमा सबैले सोच्न पर्ने अवस्था आएको छ ।

बालअधिकारका बारेमा चर्का नारा दिनेहरु नै घरमा कलिला बालबच्चाहरुलाई काम लगाएर बालअधिकारका चर्का नारा मञ्चमा उभिएर दिईरहेका हुन्छन् ।

बालश्रमले बालबालिकालाई उनीहरूको भविष्य राम्रो बनाउन अपरिहार्य शिक्षाबाट वञ्‍चित गराउँदछ। किनकी बालश्रमको कारणले बालबालिकाले शिक्षाबाट हासिल गर्नुपर्ने ज्ञान, तालिम र सीप गुमाउँदछ।

हो यी र यस्तै विषयलाई मध्यनजर गर्दै उक्त कार्यक्रममा बाल सरोकार केन्द्र नेपाल काठमाडौंका सहाएक प्रबन्धक बिष्णु प्रसाद पौडेल र कानुनविद् दिलेन्द्र ढकालले उपस्थित बालबालिकाहरुलाई प्रसिक्षण दिएका थिए ।

कार्यक्रम संचालन बालसचेतना केन्द्र नेपालका उपाध्यक्ष नारायण प्र. अधिकारीले गरेका थिए भने संस्थाको तर्फबाट स्वागत मन्तव्य कोषाध्यक्ष शर्मिला उप्रेतीले गरेकी थिईन् ।

यसै अवसरमा बालसचेतना केन्द्र नेपालका अध्यक्ष बावुराम फुयालले गरिबी र देशको अल्पविकास नै बालश्रमका कारक तत्व रहेको बताउँदै बालश्रम विरुद्ध सामाजिक सचेतना र सरोकार बढाउने उद्धेश्यले कार्यक्रम संचालन गरेको बताए ।

कुनै पनि देशको विकास उसका बालबालिकाको कति संख्याले बाल अधिकार पाएका छन् भन्‍ने आधारमा देखिकाले देशको भविष्य पनि तिनै बालबालिकाको भविष्यमाथि निर्भर रहेको उनले बताए ।

बालबालिकालाई काममा लगाउनुको मूल कारण नै श्रम सम्बन्धी ऐन कानूनको अपर्याप्‍तता र अप्रभावकारी कार्यान्वयन भएकाले अबका दिनमा सम्पूर्ण बालबालिका र तिनका अभिभाबकलाई बाल श्रम विरुद्धको जनचेतना दिनुपर्ने उनको भनाई रहेको छ ।

कार्यक्रममा २५ जना बालबालीका ,समाजसेवि, शिक्षक, महिला, समाजका अगुवाहरु, वडाका विभिन्न संघ संस्थाका प्रमुख, एवम् प्रतिनिधी लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

  • २८ असार २०७६, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !