अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी–पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।
गृहमन्त्रालयको राष्ट्रिय आपतकाल केन्द्रका अनुसार हालसम्म ४५ जनाको मृत्यु भएको र २२ जना बेपत्ता भएका छन् । बाढी, पहिरो र डुवानका कारण २९ जना घाइते भएका छन् । मृत्यु हुनेमा सबै भन्दा धेरै ललितपुरमा ७ जनाको ज्यान गएको छ ।
त्यस्तै भोजपुरमा ५ जनाको मृत्यु भएको छ भने ओखलढुंगामा ४ जनाको मृत्यु भएको छ । खोटाङ, काठमाडौं मकवानपुरमा ३÷३ जनाको मृत्यु भएको छ । मोरङ, बारा, सिन्धुली, झापा र धादिङमा २÷२ जनाको ज्यान गएको छ ।
इलाम, सप्तरी महोत्तरी, सर्लाही, रौतहट, पर्सा, पाँचथर, रामेछाप,पाल्पा, डोल्पा र दाङमा १÷१ जनाको मृत्यु भएको छ । त्यस्तै बाढीपहिरोमा परी मकवानपुरमा चार, धनकुटामा तीन, भोजपुर, सुनसरी, काभ्रे र सिन्धुलीमा २÷२, खोटाङ, धादिङ, चितवन, दोलखा र रामेछापमा एकरएक गरी २० जना घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
बाढी पहिरोमा १० हजार ३ सय ८५ घरधुरी विस्थापित भएको केन्द्रको तथ्यांक छ । सबैभन्दा धेरै बिस्थापित हुनेमा सिरहामा ५ हजार सर्लाहीमा ३ हजार बारामा १६ सय ६५ मोरङमा ४ सय, रौतहटमा २ सय घरधुरी र पर्सामा १२० घरघुरी बिस्थापित भएका छन् ।