प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद देवेन्द्रराज कँडेलले ज्येष्ठ नागरिकले आफूले चाहेको व्यक्ति वा संस्थालाई सम्पत्ति दिन पाउने कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।
काँग्रेस सांसद कँडेलले ज्येष्ठ नागरिकको सम्पत्तिमाथि सन्तानले हक दावी गर्ने कानुनी व्यवस्था पनि खारेज गर्नुपर्ने माग गरेका थिए ।
बिहीबार संघीय संसदको महिला तथा सामाजिक समितिको बैठकमा ‘ज्येष्ठ नागरिकसम्बन्धि विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै उनले आफ्नो खुट्टामा आफै उभिने बनाउन पनि ज्येष्ठ नागरिकको सम्पत्ति माथि सन्तानले हक दावी गर्न पाउने कानुनी व्यवस्था खारेज गर्न उपयुक्त हुने तर्क गरे ।
नेपाली काँग्रेसका अर्का सांसद दिव्यमणि राजभण्डारीले पैतृक सम्पत्तिमा भने आफ्ना सन्तानले हक दावी गर्न पाउनुपर्ने बताए ।