झापामा डुबेर एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।
शुक्रवार दिउँसो भारत फूलबरिया घर भई हाल गौरीगञ्ज गाउँपालिका–६ तिनटोलीयास्थित मामा घरमा बस्दै आएका विष्णु महतोको छोरा ६ वर्षीय आकाशको गेउरीया खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यसैगरी मेचीनगर नगरपालिका–१३ स्थित सिमसार क्षेत्र रहेको चाराआली–भद्रपुर भित्री सडक खण्ड देखि बायाँ साइडमा पानी जमेको खाल्डोमा डुबेर एक अपरिचित व्यक्ति मृत अवस्थामा फेला परेका इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।
मृत व्यक्तिको सनाखत हुन नसकेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । दुवै शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि अस्पताल पठाएको प्रहरीले जनाएको छ ।