राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा देखिएको समस्या समाधान गर्नका लागि नेतृत्व नभई व्यवस्था नै परिर्वतन गर्नुपर्ने बताएका छन् ।
पार्टीको विद्यार्थी संगठनको उपत्यकास्तरीय भेलालाई सनिबार सम्बोधन गर्दे अध्यक्ष थापाले सरकारको नेतृत्व मात्रै परिर्वतन गरेर समस्याको समाधान नहुने बताए ।
प्रमुख दलहरुले मुलुकलाई १३ बर्ष देखि गलत बाटोमा हिडाईरहेको भन्दै उनले ‘बाटोनै गलत भएकाले ड्राईभर परिर्वतन गरेर मात्रै गन्तव्यमा पुग्न नसकिने तर्क गरे ।
विदेशीको पैसाले चुनाब लडेका प्रमुख दलका नेताहरुले स्वाभिमानपुर्वक काम गर्न नसकेको आरोप उनले लगाए ।
अध्यक्ष थापाले राष्ट्र निर्माणको बैकल्पिक विचार र मार्गचित्र राप्रपासंग रहेको उल्लेख गर्दे धर्म, संस्कृति, परम्परा र इतिहासको रक्षा गर्दै सम्बद्र्धनवादको सिद्धान्त अनुसार देशको विकास गर्न सकिने बताए ।