कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनालले स्वास्थ्य परिक्षण नगरिएका खसीबोका नेपाल भित्रिन नदिने बताएका छन् ।
बुधबार काठमाडौमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री खनालले खसी बोकाको माध्यमबाट नेपालमा भित्रिन नदिने बताएका हुन् ।
नेपाल बिश्व ब्यापार संगठनको सदस्य राष्ट्र भएकोले खसीबोको आयात रोक्न नसके पनि उत्पतिको प्रमाण र निरोगिताको प्रमाण नभई नेपाल भित्रन नदिने बताए ।
उनले निरोगिताको प्रमाणपत्रका आधारमा आयात गर्न आग्रह गर्दा केही व्यावसायिले घेराबन्दी गर्न खोजेको बताए ।
कार्यक्रममा हेफर नेपालले बिराटनगर, बुटवल, पोखरा, भरतपुर र कोहलपुरमा ५ वटा आधुनिक बधशाला निर्माण गर्ने सहमति पत्रमा हस्ताक्षर गरेको छ ।