नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वसत्तावादी कम्युनिष्टलाई सिध्याउनुपर्ने बताएका छन् ।
.
शनिबार सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारहरुसँग कुुरा गर्दै सभापति देउवाले वर्तमान सरकार पूर्ण प्रजातन्त्रभन्दा फरक दिशामा गइरहेको बताउँदै लोकतन्त्रको रक्षा गर्न कम्युनिस्टलाई सिध्याउनैपर्ने बताएका हुन् ।
उनले ओली सरकारकै कारण भ्रष्टाचार बढेको टिप्पणी गरे । उपभोक्ता समितिका नाममा बजेट स्वाहा गर्ने क्रम बढेको र कर बढाएर सर्वसाधारणलाई मारमा पारिएको उनको आरोप छ ।