नवनियुक्त पर्यटन मन्त्रि योगेश भट्टराईले आफ्नो एक वर्षे कार्य योजना सार्वजनिक गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रि भट्टराईले आफ्नो एक वर्षे कार्ययोजना सार्वजनिक गरेका हुन् । उनले आफ्नो कार्ययोजनालाई विभिन्न १० भागमा बर्गीकरण गरि १ सय ४१ वटा कामको फेहरिस्त प्रस्तुत गरेका छन् । आप्mना कार्ययोजनालाई न्युनतम १५ दिन भित्र गरिसक्ने ५ वटा काम देखि १ वर्ष भित्र सक्ने र केहि बहु वर्षे कार्यक्रमलाई निरन्तरता दिने सम्मको रहेको छ ।
उनले आगामी ६ महिना भित्र युरोपियन युनियनको हवाई सुरक्षा चासोको सूचीबाट हटाउन आवश्यक सबै पुर्व शर्तहरु पुरा गर्ने योजना बताए । यस्तै मन्त्रि भट्टराईले २०२० को मार्चमा गर्ने योजना बनाइएको टुरिजम इन्भेस्टमेन्ट समिटलाई महत्वपूर्ण दिएका छन् ।
विश्वभरका पर्यटक भित्र्याउनका लागि ‘न्यू इयर इन नेपाल’ अभियान चलाइने पनि उनले बताए ।