कार्यबाहक प्रधानमन्त्री नभएर भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद बैठक राखेको हो ?

आजभोलि

कार्यबाहक प्रधानमन्त्री नभएर भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद बैठक राखेको हो ?

 प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरबाटै मन्त्रिपरिषद बैठकको अध्यक्षता गरेकामा प्रतिपक्ष दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

राष्ट्रियसभाको बिहीबारको बैठकमा कांग्रेस सांसद राधेश्याम अधिकारीले प्रधानमन्त्रीले भिडियो कन्फेरेन्सको माध्यमबाट मन्त्रिपरिषद बैठकको अध्यक्षता गरेकामा आपत्ति जनाएका हुन् ।

उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठकको अध्यक्षता भिडियो कन्फेरेन्सबाट गर्नु आपत्तिजनक भएको अधिकारीको भनाइ थियो ।

कार्यवाहक प्रधानमन्त्री भनेर राष्ट्रपतिले नै कामको जिम्मेवारी दिएको चिठी सदनमा वाचन गरिएको भन्दै अधिकारीले प्रधानमन्त्रीको शैलीप्रति आपत्ति जनाए । उनले भने, ‘अब कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ कि हुनुहुन्न?’

प्रधानमन्त्रीले विदेशमा रहेको बेला मन्त्रिपरिषद बैठकको अध्यक्षता गर्नु कानुन विपरीत भएको पनि अधिकारीले बताए । गतसाता प्रधानमन्त्रीले सिंगापुरबाटै भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद बैठकलाई सम्बोधन गरेका थिए ।

  • १२ भाद्र २०७६, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !