सरकारले ल्याएको वन विधेयकको सैद्धान्तिक अवधारणामाथि नै कांग्रेसको आपत्ति

आजभोलि

सरकारले ल्याएको वन विधेयकको सैद्धान्तिक अवधारणामाथि नै कांग्रेसको आपत्ति

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले ल्याएको वन विधेयकको सैद्धान्तिक अवधारणामाथि नै आपत्ति जनाएको छ ।

नेपाली काँग्रेसका राष्ट्रिय सभाका सांसद राधेश्याम अधिकारीले वनको व्यवस्थापनमा संघीय सरकारले हस्तक्षेप गर्ने गरी उक्त विधेयकको सैद्धान्तिक अवधारणा आएको दावी गर्दै आपत्ति जनाएका हुन् ।

सोमबार संघीय संसदको विधायन व्यवस्थापन समितिको बैठकमा सो विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै उनले वनको संरक्षणको लागि सुरक्षाकर्मी परिचालन गर्ने कुरा संघीय सरकारले मातहत रहने गरी कानुन बनाउन खोजिएको भन्दै त्यसलाई तत्काल सच्याउन माग गरे ।

सांसद अधिकारीले संघीयतमा गएपछि वन व्यवस्थापनको सम्पूर्ण अधिकार प्रदेश र स्थानीय तहलाई दिनुपर्ने संवैधानिक व्यवस्था विपरित सरकारले सो विधेयक ल्याएको दावी गर्दै मान्य नहुने अडान पनि राखे ।

विधेयकमा वन रक्षकको रुपमा आवश्यक्ताका आधारमा सबै सुरक्षा निकाय परिचालन गर्ने प्रस्ताव पनि गरिएको छ । तर त्यो संघीय सरकारद्धारा निर्देशित हुन नहुने प्रमुख प्रतिपक्ष काँग्रेस सांसद अधिकारीको अडान छ ।

  • १६ भाद्र २०७६, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !