आर्थिक क्षेत्रको प्रगति गरेर मात्रै मुलुकमा प्राप्त राजनीतिक परिवर्तनलाई जोगाउन सकिन्छ:अध्यक्ष दाहाल

आजभोलि

आर्थिक क्षेत्रको प्रगति गरेर मात्रै मुलुकमा प्राप्त राजनीतिक परिवर्तनलाई जोगाउन सकिन्छ:अध्यक्ष दाहाल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आर्थिक क्षेत्रको प्रगति गरेर मात्रै मुलुकमा प्राप्त राजनीतिक परिवर्तनलाई जोगाउन सकिने बताएका छन् ।

आर्थिक समृद्धिविना मुलुकले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र पनि धरापमा पर्ने खतरा औंल्याउँदै राजनीतिक नेतृत्व, नागरिक समाज र निजी क्षेत्रले मिलेर मुलुकको आर्थिक विकासमा लाग्नुपर्ने उनले आवश्यक्ता पनि औंल्याए ।

उनले निजी क्षेत्रलाई विश्वासमा लिएर मात्रै मुलुकको आर्थिक समृद्धिको यात्रालाई सफल बनाउन सकिनेतर्फ सरकारको पनि ध्यानाकर्षण गराए । ट्रेकिङ एजेन्सिस एशोसिएशन अफ नेपाल (टान) को ४१ औं साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष दाहालले निजी क्षेत्रलाई विश्वासमा लिएर मात्रै मुलुकमा आर्थिक रुपान्तरणको यात्रालाई अघि बढाउन सकिने भएकाले सोही अनुसारको नीति र कानुन निर्माण गरेर अघि बढन सरकारलाई पनि सुझाव दिए ।

उनले पर्यटन क्षेत्रको प्रचुर सम्भावनालाई सदुपयोग गरेर मुलुकलाई समृद्ध बनाउन सकिने पनि स्मरण गराए ।

साधारण सभाले टानको आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । टानको नेतृत्वका लागि सत्तारुढ नेकपाको समर्थनमा अध्यक्षको उम्मेदवार अञ्जन थापा र महासचिवमा सरिता लामाले उम्मेदवारी घोषणा गरेका छन् ।

  • २० भाद्र २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !