माछा मार्ने क्रममा डुबेर दुई जनाको मृत्यु

आजभोलि

दाङमा दुई जना युवकको मृत्यु भएको छ ।

सल्यान कपुरकोटगाउँपालिका वडा नम्बर ५ घर भइ दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कटकुइयामा बंगुरपालन व्यावसाय गर्दै आइरहेका २० वर्षीय अर्जुन बढा र ओखलढुङ्गा घर भइ सल्यानको कपुरकोट ससुराली घर बस्दै आएका २६ वर्षीय मिलन लामाको माछा मार्ने क्रममा डुबेर मृत्यु भएकोे हो ।

गएराति तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ८ गोतेखोलामा माछा मार्ने क्रममा डुबेर दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको दाङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) विनोदविक्रम शाहले जानकारी दिए ।

  • २१ भाद्र २०७६, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !